कपिलवस्तु ।
कपिलवस्तुमा आइतबार २५ संक्रमित थपिएका छन् ।
आज थप भएका नयाँ संक्रमित वाणगंगा नगरपालिकाका ११ जना र कपिलवस्तु नगरपालिका १४ जना रहेका छन् ।
यससँगै जिल्लामा कुल संक्रमित संख्या ७०३ पुगेको छ ।
कपिलवस्तुमा जिल्ला प्रदेश पाँचकै सबैभन्दा धेरै कोरोना संक्रमित भएको जिल्ला हो । संक्रमित संख्या ७०३ भए पनि ५३२ जना निको भएर घर फर्किसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांकअनुसार १७० जना संक्रमित मात्रै उपचाररत रहेका छन् । कपिलवस्तुमा संक्रमित संख्या धेरै देखिए पनि निको हुनेको संख्या पनि सन्तोषजनक रहेको छ ।
कुन पालिकामा कति संक्रमित ? कति निको ? कति उपचाररत ? पूरा विवरण