गृहपृष्ठ खबर सिद्धार्थ क्याम्पसलाई प्रदेश पाँचकै नमुना क्याम्पस बनाउनु पर्नेमा जोड : सासंद पन्थी

सिद्धार्थ क्याम्पसलाई प्रदेश पाँचकै नमुना क्याम्पस बनाउनु पर्नेमा जोड : सासंद पन्थी

सिद्धार्थ क्याम्पस वाणगंगा कपिलवस्तुको क्युएए प्रमाणीकरण समारोहमा सम्बोधन गर्दै प्रदेश सभा सदस्य विष्णु पन्थीले सिद्धार्थ क्याम्पसलाई प्रदेश पाँचकै नमुना क्याम्पस बनाउनु पर्नेमा जोड दिनुभएको छ । यस क्षेत्रका सम्पुर्ण व्यक्तित्वको संक्रियतामा क्याम्पसलाई नमुना क्याम्पस बनाउन सकिने पन्थीको भनाई छ ।

पन्थीले क्याम्पसलाई प्रदेश सरकारबाट सहयोग उपलब्ध गराउन आफुले विगतका दिनहरुमा पहल गरेको स्ममरण गर्दै आगामी दिनहरुमा समेत त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको छ ।
सासंद पन्थीले क्याम्पसलाई अझ उत्कृष्ट बनाउन चुनौति रहेको भन्दै त्यो चुनैतिलाई डटेर समाना गर्न सम्पुर्ण शिक्षापे्रमी मनहरुलाई आग्रह गर्नुभएको छ ।

सम्बन्धित् समाचार