गृहपृष्ठ खबर जेसीज सप्ताहको चौँथो दिन वक्तृत्वकला, प्रथम चिल्ड्रेन प्याराडाइज,द्वितीय हथौसा लिटिल स्टार

जेसीज सप्ताहको चौँथो दिन वक्तृत्वकला, प्रथम चिल्ड्रेन प्याराडाइज,द्वितीय हथौसा लिटिल स्टार

कपिलवस्तु,असार,१०/
कपिलवस्तु जेसीजले साताव्यापी विभिन्न कार्यक्रम अघि बढाएको छ । जिल्लामा जेसीजले विगत वर्ष जस्तै यसवर्ष पनि साताव्यापी रचनात्मक कार्यक्रमहरु सञ्चालन गरेको छ । सोही अनुसार जेसीज सप्ताहको चौँथो दिन बुधबार विद्यालय स्तरीय बालबालिकाको क्षमता अभिवृद्धि गर्न ” कोरोना , चुनौती र अवसर ” विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । यसका लागि चन्द्रकान्त प्रोख्रेललाई संयोजक बनाईएको थियो ।

उक्त प्रतियोगितामा चिल्ड्रेन प्याराडाइज स्कुलकी छात्रा स्मृति सापकोटा प्रथम , हथौसा लिटल स्टार स्कुलका छात्र सरोज घिमिरे द्वितीय , सिद्धार्थ माविका छात्र विशाल घिमिरे तृतीय एवम् ज्ञानपुञ्ज बोर्डिङ स्कुलका छात्र प्रज्ज्वल बस्याल र हिलबर्ट बोर्डिङ स्कुलकी छात्रा सृष्टि गैरेले सान्त्वना स्थान हाँसिल गर्नुभएको थियो ।

प्रथम स्थान हाँसिल गर्न सफल स्मृति सापकोटा
द्वितीय स्थान हाँसिल गर्न सफल सरोज घिमिरे
तृतीय स्थान हाँसिल गर्न सफल विशाल घिमिरे

कार्यक्रममा जिल्ला समन्वय समितिकी उपसभापति तारावती थारुले प्रमुख अातिथिको अासनबाट बोल्दै जेसीजले गरेको सामाजिक उत्तरदायित्वले सबैलाई प्रेरणा मिलेको बताउनुभयो । साथै महामारीको यो घडीमा अाफू सुरक्षित रहँदै अरुलाई समेत सुरक्षित राख्न अाग्रह गर्नुभयो । कार्यक्रममा जेसीज पूर्व अध्यक्ष रमेशचन्द्र भुसाल , प्रदिप पौडेल तथा रमेश पौडेलले निर्णायक मण्डलको भूमिका निर्वाह गर्नुभएको थियो । कपिलवस्तु जेसीज २०२० अध्यक्ष मनोज कुमार खत्रीको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सहजीकरण जेसीज कपिलवस्तुका महासचिव प्रवीण पौडेलले गर्नुभएको थियो ।

जेसीजले जिल्लामा लकडाउनको समयमा पनि विभिन्न रचनात्मक काम गर्दै आएको छ । यसलाई निरन्तरता दिनको लागि कोभिड १९ लाई लक्षित गरि सामाजिक दुरी कायम राख्दै असार १२ गते सम्मको लागि साताव्यापी कार्यक्रमको योजना अघि सारेको हो । कोरोना संक्रमणको समयमा हामी सचेत हुदै आफ्ना योजनाहरु अघि बढाएकाे र यसमा सवैको सकृय सहभागिताको अपेक्षा गरेकाे २०२० का अध्यक्ष मनोज कुमार खत्रीले वैखरी अनलाइनलाई बताउनु भयो ।

साताव्यापी कार्यक्रम अन्तर्गत असार ११ गते जेसीज भवन बैरियामा रक्तदान कार्यक्रम संचालन गरिने छ । यसका लागि मधु शर्मा पौडेललाई संयोजकको जिम्मेवारी दिईएको छ ।

अन्त्यमा असार १२ गते कार्यक्रमको औपचारिक समापन, सम्मान् तथा आगामी योजनाको विषयमा छलफल लगायतका कार्यक्रमहरु जेसीजले संचालन गर्ने गरि योजना अघि सारेको छ । कार्यक्रमको व्यवस्थापन तथा तयारीका लागि कमल क्षेत्रीको संयोजकत्व संगै सदस्यहरुको जिम्मेवारी वाँडफाँड र प्रदान गरिएको अध्यक्ष खत्रीले वताउनु भयो ।

सम्बन्धित् समाचार