गृहपृष्ठ Featured कपिलवस्तु बाणगंगा ४ का न्यौपानेको दुवै मृगौला फेल, उपचारार्थ आर्थिक सहयोग गर्न बृद्ध आमाको आग्रह(भिडियो )

कपिलवस्तु बाणगंगा ४ का न्यौपानेको दुवै मृगौला फेल, उपचारार्थ आर्थिक सहयोग गर्न बृद्ध आमाको आग्रह(भिडियो )

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ४ का हरि प्रसाद न्यौपानेको दुवै मृगौलाले काम गर्न छोडेको छ । उपचारमा १५-१६ लाख खर्च हुने भएपछि न्यौपाने परिवार अहिले चिन्तामा परेको छ ।

न्यौपानेको बुवाको २०६३ सालमा ब्रेन ट्युमरका कारण मृत्यु भएको थियो भने २०६५ सालमा दाजुको भारतमा मृत्यु भएको थियो ।

जिविकापार्जन र ऋण तिर्नका लागी आमा मनकुमारी न्यौपानेले भएको जग्गा र बासै बेचेर कान्छा छोरा र एक छोरीलाई बिद्यालयको नाममा रहेको जग्गामा बसेर पढाइन । तर अहिले कान्छा छोराको दुवै मृगौला फेल भएपछि उपचार गर्न समस्या भएकाले सहयोग गर्न उनले आग्रह गरेकी छन ।

सहयोग गर्न इच्छुक दाताहरूले   9857052216, 9857029769, 9857012919 मा संपर्क गर्न सक्नु हुनेछ भने
मृगौला पिडीतको बैनीको प्राइम कमर्शियल बैंकको खाता नम्बर न: 186001931Y (कमला न्योपाने)  मा रकम जम्मा समेत गर्न सक्नु हुनेछ l

भिडियो

सम्बन्धित् समाचार