गृहपृष्ठ खबर विश्वभर कोरोना संक्रमणबाट ५ लाख बढीको मृत्यु, संक्रमितको संख्या १ कारोड नाघ्यो

विश्वभर कोरोना संक्रमणबाट ५ लाख बढीको मृत्यु, संक्रमितको संख्या १ कारोड नाघ्यो

विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेको संख्या १ कारोड नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार १११ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा १ लाख ७६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ४ हजर ५४८ को मृत्यु भएको छ । यससँगै कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ५ लाख ६२६ को मृत्यु भएको छ । यद्यपी सङ्क्रमितमध्ये ५४ लाख ५३ हजार २४७ जनाले भने कोरोना लाई जितेर घर फर्किसकेका छन् ।

अहिले विश्वभर ४१ लाख २१ हजार बढी जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५७ हजार ७४८ जनाको अवस्था भने गम्भीर रहेको छ ।

सम्बन्धित् समाचार