गृहपृष्ठ खबर थप ४७६ जनामा कोरोना पुष्टि, कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो

थप ४७६ जनामा कोरोना पुष्टि, कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो

प्रकाशित मिति:

नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १३ हजार नाघेको छ । आज ४ सय ७६ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा ३६४ पुरुष र ११२ महिला छन् । योसँगै कुल संक्रमित संख्या १३ हजार २ सय ४८ पुगेको छ । जसमध्ये पुरुष ११ हजार ६ सय ६२ र महिला १५ सय ८६ पुगेको छ ।

हालसम्म २९ जना कोरोना संक्रमितबाट मृत्यु भएकामा २३ पुरुष र ६ महिला छन् । देशका सबै जिल्लामा संक्रमित भेटिइसकेका छन् ।

सम्बन्धित् समाचार