गृहपृष्ठ खबर थप ४७६ जनामा कोरोना पुष्टि, कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो

थप ४७६ जनामा कोरोना पुष्टि, कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो

नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १३ हजार नाघेको छ । आज ४ सय ७६ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा ३६४ पुरुष र ११२ महिला छन् । योसँगै कुल संक्रमित संख्या १३ हजार २ सय ४८ पुगेको छ । जसमध्ये पुरुष ११ हजार ६ सय ६२ र महिला १५ सय ८६ पुगेको छ ।

हालसम्म २९ जना कोरोना संक्रमितबाट मृत्यु भएकामा २३ पुरुष र ६ महिला छन् । देशका सबै जिल्लामा संक्रमित भेटिइसकेका छन् ।

सम्बन्धित् समाचार