गृहपृष्ठ खबर महामारीको सबैभन्दा खराब स्वरुप अझै आउनै बाँकी छ : डब्ल्यूएचओ

महामारीको सबैभन्दा खराब स्वरुप अझै आउनै बाँकी छ : डब्ल्यूएचओ

प्रकाशित मिति:

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले पनि यो महामारीको सबैभन्दा खराब स्वरुप देखिन बाँकी नै भएको बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहम गेब्रियाससले यदि संसारभरीका सरकारले सही नीतिको पालना नगरेको खण्डमा भाइरसले थप व्यक्तिलाई संक्रमित गर्न सक्ने बताए ।

सोमबार एक भचुअल ब्रिफिङमा टेड्रोसले भने, ‘हामी सबै यो चाँडै नै उन्मुलन होस् भन्ने चाहन्छौं । हामी सबै आफ्नो दैनिक काम कारवाहीमा फिर्ता हुन चाहन्छौं तर तितो सत्य यो हो कि हामी अहिले पनि यो महामारी उन्मुलन हुने यात्रामा निकै टाढा छौं ।’

‘यद्यपि, केही देशले प्रगति गरेका छन् तर विश्वव्यापी स्तरमा महामारी फैलने गती तीब्र भइरहेको छ । संसारभरी १ करोड संक्रमित र पाँच लाख व्यक्तिको मृत्युपछि पनि विश्व स्वास्थ्य संगठनले भाइरस फैलन पहिचान गरेका समस्या जस्तै राष्ट्रिय एकतामा कमी, विश्वव्यापी एकजुटतामा कमी, विभाजित देशलगायतलाई सुल्झाउन नसकेको खण्डमा खराब समय त अझै आउनै बाँकी छ ।’

टेड्रोसले सरकारलाई जर्मनी, दक्षिण कोरिया र जापानले अपनाएको बाटोमा हिँड्न आग्रह गरेका छन् । यी देशले लगातार ट्रेसिङ र टेस्टिङको नीति अपनाएको छ ।

अहिलेसम्म विश्वभर कोरोनाभाइरसबाट १ करोड ४ लाख संक्रमित भएका छन् भने ५ लाख ७ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित् समाचार