कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः २ मा रहेका सटरहरु खाली गर्न पिपरा अस्पतालले सुचना जारी गरेको छ । ३५ दिनभित्र अस्पतालले सटर खाली गर्न र त्यसबाट परेको असर प्रति क्षमायाचना गर्दै सुचना जारी गरेको हो ।
उक्त क्षेत्रमा रहेका २८ वटा सटरहरू ९ बर्ष अगाडीबाट सञ्चालनमा रहेका छन । उक्त सटरहरु ब्यवसायीहरू आफैले बनाएका हुन । अस्पताललाई हालसम्म मासिक १प्रती सटरको रु ५०० सय देखि ७ सय सम्म पैसा तिर्दै आएका थिए । सटरकाे भाडा बढाउनका लागी यस्तो रणनिति अपनाइएको हुन सक्ने सरोकारवाला बताउछन ।