गृहपृष्ठ खबर म र राष्ट्रपतिविरुद्ध षडयन्त्र भयो : प्रधानमन्त्री ओली, मन्त्रीहरुलाई सोधे- तपाईहरुको साइड कता ?

म र राष्ट्रपतिविरुद्ध षडयन्त्र भयो : प्रधानमन्त्री ओली, मन्त्रीहरुलाई सोधे- तपाईहरुको साइड कता ?

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरु भइरहेको बताएका छन् । र, यस्तो बेलामा आफूले मन्त्रीहरुलाई तपाईहरु कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन् ।

‘मेराविरुद्ध षडयन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षडयन्त्रहरुलाई मैले बाईफोर्स, बाईस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’ प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग भने, ‘यस्तोबेलामा तपाईहरु कता भनेर मैले सोध्नुपर्ने हुनसक्छ । तपाईहरुले आफ्नो साइड रोज्नुपर्ने हुनसक्छ ।’

राष्ट्रपतिविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रयास भइरहेको हल्लाबाट प्रधानमन्त्री प्रभावित भएको हुन सक्ने एक मन्त्रीले आशंका गरे । उनका अनुसार त्यस्तो गलत सूचना प्रधानमन्त्रीलाई कसैले भरिदिएको हुन सक्ने उनको अभिव्यक्तिबाट झल्कन्थ्यो ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुसँग छलफल गर्नुपूर्व शीतल निवासमा राष्ट्रपतिलाई भेटेका थिए ।

सम्बन्धित् समाचार