गृहपृष्ठ खबर कपिलवस्तुका खाण सहित तरुण दल विभागमा १९ जना मनोनित

कपिलवस्तुका खाण सहित तरुण दल विभागमा १९ जना मनोनित

प्रकाशित मिति:

काठमाण्डौं, २० असार । नेपाली काग्रेसको तरुण विभाग विस्तार गरिएको छ ।पहिलो चरणमा १९ जनालाई विभागको सदस्यमा मनोनित गरिएको छ ।

नेपाली काग्रेसको विधान,२०१७ (संशोधित सहित)को धारा २५(९ बमोजिम) तरुण विभाग प्रमुख शंकर भण्डारीको सिफारिसमा काग्रेस सभापति शेरबहादुर देउवाले तरुण विभाग विस्तार गरेका हुन् ।

पहिलो चरणमा तरुण विभागको जिम्मेवारी पाउनेहरुमा बझाङका पुराना तरुण नेता चेतराज बजाल, तरुण दलका पूर्व केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङ, खगेन्द्र देवान इलाम, मदन बुढाथोकी झापा, रामपल्टन साह धनुषा , श्यामप्रसाद श्रेष्ठ नवलपुर , अर्जुन शेरचन बाग्लुङ, नन्दबहादुर विष्ट रुकुम , श्रीकुमारी घर्ति रोल्पा ,थिरबाबु परियार लम्जुङ,पासाङ नुर्बु शेर्पा सिन्धुपाल्चोक, लोकेन्द्र ध्वज खाँण कपिलबस्तु , प्रवल थापा काठमाण्डौं , खिमान सिं रायमाझी प्युठान , मदन मण्डल बारा, सरस्वती शाह बर्दिया , अमृत भट्चन नवलपुर , सुरेशप्रसाद यादव सप्तरी , मोहम्मद अतिउर रहमान बारा रहेका छन् ।

तरुण विभागलाई क्रमस ःविस्तार गरिने तरुण विभाग एवं केन्द्रीय सदस्य भण्डारीले बताएका छन् । काग्रेसमा विभाग विस्तार गर्नेमा भण्डारी पहिलो विभागिय प्रमुख हुन पुगेका छन् ।

सम्बन्धित् समाचार