गृहपृष्ठ खबर वाणगंगाका युवा व्यवसायी पोख्रेल नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश, कारण यस्तो !

वाणगंगाका युवा व्यवसायी पोख्रेल नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश, कारण यस्तो !

प्रकाशित मिति:

कपिलवस्तुको वाणगंगा ८ का युवा व्यवसायी अमृत पोख्रेल सोमबार नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । सोमबार कपिलवस्तुको तौलिहवामा भारतका लागि पुर्व राजदुत तथा नेपाल विद्यार्थी संघका सह–महामन्त्री युवा नेता प्रकाश घिमिरेले पोख्रेललाई पार्टी सदस्यता प्रदान गर्दै अविर लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो ।

युवा व्यवसायी पोख्रेलका घर परिवार लामो समयदेखि नेकपामा रहेर सक्रिय राजनिति गर्ने परिवारका सदस्य हुनुहुन्छ । उहाँ नेकपा भित्रको आन्तरिक कलह र वर्तमान सरकारका गति विधीहरु चोरी,डकैती, भ्रष्टाचारले लिप्त रहेको सरवाहरको पार्टी भन्ने नाम सर्वाहराको वेचेर आफनो भुडी भर्ने काम गरेको पार्टीले सरकार सञ्चालन गरेको हुदा नेकपामा वस्नुको औचित्व नरहेको ले आफु नेकपाको कुनै पनि पद र साधारण सदस्यता समेत त्याग गरेको पोख्रेलले वताउनु भयो ।

उहाँले नेपाली कांग्रेसका भातृ संगठन र नेपाली कांग्रेस भित्रका साथीहरु संगको आत्मीयता र भाईचाराको सम्वन्धले गर्दा नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको आफु जस्ता अन्य युवा पनि नेकपा परि त्याग गरि कांग्रेसमा प्रवेश गर्न इच्छुक रहेको र पछिल्लो समय युवालाई नेपाली कांग्रेसले पार्टीका गतिविधी र हरेक कुरामा सक्रिय वनाउदै लगेको देख्दा पार्टी प्रति युवाहरुको आर्कषण बड्दै गएको पोख्रेलले वताउनु भयो ।

भारतका लागि पुर्व राजदुतले उपाध्यायले युवा देशका शक्ति शालि र परिवर्तनको संमवाहक रहेको वताउदै अवकोे नेतृत्व भनेको युवाले लिनु पर्ने र ति युवाहरुलाई पार्टीले संरक्षण गर्दै लैजानेमा विश्वस्थ पार्नु भयो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका सह–महामन्त्री प्रकाश घिमिरे, नेपाल तरुणदलका सैनामैना नगरपालिका रुपन्देहीका कोषध्यक्ष खेमराज पोखे्रल,नेपाल प्रेस युनियनका जिल्ला कोषध्यक्ष गुरुदेव पौडेल, नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नम्वर १ का प्रेस सल्लाहकार गणेश पोख्रेल नेपाल विद्यार्थी संघका युवा नेता तथा युवा व्यवसायी टि.आर पाण्डे लगायतको उपस्थीति रहेको थियो ।

सम्बन्धित् समाचार