गृहपृष्ठ खबर प्याब्सनद्वारा विद्यालय सञ्चालनको व्यवस्था मिलाउन स्थानीय सरकारलाई आग्रह

प्याब्सनद्वारा विद्यालय सञ्चालनको व्यवस्था मिलाउन स्थानीय सरकारलाई आग्रह

प्रकाशित मिति:

कपिलवस्तु । प्याब्सन बाणगंगाले बाणगंगा नगरपालिकालाई विद्यालय सञ्चालनको व्यवस्था मिलाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । जोर विजोर कक्षा, जोर विजोर रोल नं. विहानी तथा दिवा सत्रमा कक्षा सञ्चालनको ब्यवस्था मिलाउन आग्रह गरिएको ज्ञापन पत्र प्याब्सनका जिल्ला अध्यक्ष शिव गैरेसहित प्याब्सन पदाधिकारीहरुको उपस्थितीमा बुझाइएको प्याब्सन बाणगंगा नगर समितिका अध्यक्ष राजु अधिकारीले बताए । शुक्रबार दश बुँदे माग राख्दै बाणगंगा नगरपालिकामा ज्ञापन पत्र बुझाइएको हो  ।

नगर प्रमुख मेयर मंगल प्रसाद थारु, उपप्रमुख चक्रपाणी अर्याल र प्रमुख प्रशासकिय अधिकृत चुणाामणी पन्थीलाई संयुक्त ज्ञापन पत्र बुझाउदै यस्तो माग गरिएको हो । कोभिड १९ कारण संचालनमा आएका कक्षाको निरन्तरता र बैधानिकता दिन ज्ञापनपत्रमा माग गरिएको छ ।

प्याब्सन नगर समितिले बुझाएको माग पत्रमा विशेष गरी स्थानीय सरकारको निर्देशनमा आफूहरुले विद्यार्थी भर्ना कार्यक्रम रोकेकोले विद्यालयले शैक्षिक शत्र २०७६ को बक्यौता समेत लिन नसकेको जनाउदै कार्यरत शिक्षक, कर्मचारीलाई मासिक पारिश्रमिक भुक्तानीका निम्ति स्थानीय बैंक तथा वित्तिय संस्थाबाट न्यूनतम ब्याजदरमा कर्जाको ब्यवस्था मिलाउन स्थानीय सरकारलाई आग्रह गरेको छ ।

त्यसैगरी लक डाउन अवधिको विजुली, पानी, टेलिफोन छुट गर्दै स्थानीय सरकारले लिने सम्पूर्ण किसिमका कर मिनाहको ब्यवस्था गर्न आग्रह गरिएको छ । त्यस्तै अनलाइन, भर्चूअल तथा टिभी, मोवाईल, रेडियो सबै खाले बैकल्पिक विधिबाट कक्षा संचालनका लागि निशुल्क इन्टरनेटको ब्यवस्था गर्न समेत माग गरिएको छ ।

प्याब्सनले भौतिक रुपमा विद्यालय संचालन भए पश्चात १ सय ८० दिन पुरा हुने भएकाले वाह्र महिनाको मासिक शुल्क विद्यार्थीबाट लिने औपचारिक ब्यवस्थाका लागि आग्रह गरेको छ । दश वुदे माग पत्रमा कक्षा एकको नयाँ पाठयक्रम अनुसारको अंग्रेजी माध्यमको पाठयपुस्तकको ब्यवस्था मिलाउदै विद्यार्थी भर्ना कार्यक्रमलाई औपचारिक रुपमा यथाशिर्घ निर्णयका निम्ति समेत आग्रह गरेको छ ।

सम्बन्धित् समाचार