गृहपृष्ठ खबर बाढीले बगाएर चितवनमा एक जनाको ज्यान गयो

बाढीले बगाएर चितवनमा एक जनाको ज्यान गयो

चितवनको माडीमा बाढीले बगाउँदा एक जनाको मृत्युु भएको छ । माडी नगरपालिका–८ का पूर्वसिंह तमाङ को मृत्यु भएको हो । उनको शव माडी नगरपालिका–६ सिमरा र कल्याणपुरको बीचमा रिउ खोला नजिक भेटिएको छ ।
रिमाल खोला तर्ने क्रममा उनलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

यस्तै भरतपुर महानगरपालिका–२७ दिव्यनगरमा नारायणी नदीले पाँच मिटर ड्याम भत्काएको छ । सात मिटर ड्याममध्ये दुई मिटरमात्र बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार