गृहपृष्ठ खबर नेपालमा कोरोना संक्रमणको दर घट्दो, थप ८२ जनामा कोरोना पुष्टि

नेपालमा कोरोना संक्रमणको दर घट्दो, थप ८२ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आइतबार देखिएका संक्रमितमध्ये काठमाडौं उपत्यका भित्रका ६ जना छन् । जसमध्ये काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित् समाचार