लामो समयदेखिको लकडाउनले गर्दा देशभरी नै विभिन्न घटनाहरु घटने क्रमले पनि तीब्रता पाएको छ । समाजमा अपराधिक घटना समेत बड्न थालेका छन । अन्य समयमा नगद, गरगहना र बहुमुल्य सामान चोरीका घटनाहरु हामीले सुन्दै आएका छौं । तर कोराना भाईरसका कारण साढे ३ महिना भन्दा बढीको लकडानउको असर देखिन थालेको छ ।
यस्तै चोरीको घटना कपिलस्तु नगरपालिका– ८ दोहनीमा शुक्रवार राति भएको छ । स्थानीय रमेश बानियाको घरबाट चामल गहु र साडी समते चोरी भएको प्रहरीले जनाएको छ । एक तले पक्कि घरमा रातको समयमा कोहि नभएको अवस्थामा भ्यान्टिलेसन तोडि घर भित्र चोरहरु प्रबेश गरेका थिए ।
चोरहरुले एक क्युन्टल चामल, गहु ४ क्युन्टल नया साडी ५ वटा, तथा ५० हजार नगद समेत चारेर फरार भएको प्रहरीले जनाएको छ । चोरहरुले ८० हजार बढीको धनमाल चोरी फरार भएको प्रहरी उपरिक्षक सुनिल मल्लले बताए ।
घटना बारे थप अनुशान्धन भईरहेको तथा चोरहरुको खोजी गरि रहेको मल्ले बताए । प्रहरीले लकडाउनको अवधिमा चनाखो र होसियार हुनु समेत आग्रह गरेका छन् ।