गृहपृष्ठ खबर पहिरोले बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

पहिरोले बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अझै खुलेको छैन । तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

 

पहिरोसँगै ठूला–ठूला ढुंगा खसेकाले हिजो बेलुकादेखि सडक अवरुद्ध भएको हो । सडक खुलाउने प्रयास भैरहेको प्रदेश ५ का प्रहरी प्रमुख रविन्द्र धानुकले जानकारी दिनुभयो ।

 

लगातारजसो पानी परेकाले पहिरो पन्छाउन नसकिएको उहाँले बताउनुभयो । अहिले गाडीको आवतजावत पूर्ण रुपमा बन्द भएपछि स्थानियहरुलाई आवतजावतमा समस्या भएको छ ।

सम्बन्धित् समाचार