निजी विद्यालयहरुले साउन १ गतेबाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । प्याब्सन र एन–प्याब्सनले बैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्न र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् ।
आफूहरुले उठाएको माग सम्बोधन नभएपछि यस्तो निर्णयमा पुगेको प्याब्सन र एन–प्याब्सनले बताएका छन् । अब भौतिक रुपमा विद्यालय सञ्चालयको अनुमति पश्चातमात्र विद्यालय प्रशासन खुला गर्ने दुवै संगठनले बताएका छन् ।
कोभिड – १९ को संक्रमण फैलिने जोखिमका कारण सरकारले सबै विद्यालयहरु बन्द गरेपछि निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरिरहेका थिए ।