गृहपृष्ठ खबर दाङमा विप्लवका कार्यकर्ता बनेर चन्दा माग्ने युवक पक्राउ

दाङमा विप्लवका कार्यकर्ता बनेर चन्दा माग्ने युवक पक्राउ

प्रकाशित मिति:

घोराही । ज्यान मार्ने धम्की दिँदै ८ लाख ६५ हजार चन्दा माग्ने दूई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्याला मजदुरीको काम गर्ने बबई गाउँपालिका वडा नं. ५ सिमगैरा निवासी २८ वर्षीय भास्कर वली र १९ वर्षीय केवल वली रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहकाअनुसार उनीहरुले बबई गाउँपलिका वडा नं. ५ हापुरे बजार निवासी २६ वर्षीय ललित गौतमको परिवारबाट उक्त चन्दा रकम माग गर्दै त्यो नदिए ज्यान लिने धम्की दिँदै आएका थिए ।

 

गौतमको हापुरे बजारमा गौतम ट्रेडर्स एण्ड सप्लायर्स नामको हार्डवयर पसल छ । उनका बुवा निमकान्त गौतम प्राय पसल हेर्छन् । विप्लव समूहको नामबाट असार २४ गते हस्तलिखित पत्र लेखेर भास्करले गौतमको घरको मुल ढोका अगाडि तीन दिनभित्रै बुझाउन ताकेतासहितको पत्र छोडे । गौतम परिवारले वास्ता नगरेपछि भास्करले असार २६ गते रातको ११ बजे निमकान्त गौतमलाई फोन गरि धम्काए । मागेजति रकम नदिए उनीसहित घर परिवारका सदस्यको ज्यान लिने धम्की दिए ।

सम्बन्धित् समाचार