स्पेनिस ला लिगा फुटबलमा बिहीबार १० वटा खेल हुँदैछन् । बिहीबार हुने खेलमध्ये रियल मड्रिडको खेललाई निकै महत्त्वका साथ हेरिएको छ । बिहीबार राति पौने २ बजे हुने खेलमा भिल्ला रियललाई हराउन सके रियल मड्रिड यो सिजनको ला लिगा च्याम्पियन बन्नेछ ।
तालिकामा दोस्रो स्थानको बार्सिलोनाभन्दा चार अङ्कले अघि रहेको रियलले यो खेल जितेमा च्याम्पियन बन्नेछ भने बराबरी या हार भएमा बार्सिलोनाले पनि उपाधिमा झिनो दाबेदारी पेस गर्न सक्नेछ ।
बिहीबार नै बार्सिलोलाले ओसासुनासँग खेल्दैछ । यो खेलमा बार्सिलोनाले हारे पनि रियल मड्रिडले लिग जित्नेछ । ला लिगामा सबै टिमले योसहित दुई–दुई पटक खेल्न बाँकी छ ।