गृहपृष्ठ खबर सीता गुफा क्षेत्रमा सर्वसाधारणलाई प्रवेश निषेध

सीता गुफा क्षेत्रमा सर्वसाधारणलाई प्रवेश निषेध

प्रकाशित मिति:

सुरक्षालाई मध्यनजर राख्दै सर्वसाधारणलाई आइतबारदेखि सीता गुफा क्षेत्रमा जान रोक लगाइएको छ ।

सीता गुफा अवलोकन गर्न आउनेको ठूलै भिड बढेका कारण केही दिनका लागि सो क्षेत्रमा जान रोक लगाइएको प्रहरी निरीक्षक दाहालले बताए ।

दाहालले भने, ‘सीता गुफा क्षेत्रमा केही दिनका लागि सर्वसाधारणलाई जान रोक लगाएका छौं । पत्रकारलगायत माथिल्लो तहबाट अवलोकन र अध्ययन गर्न आउने टोलीलाई भने सशस्त्रकै सुरक्षा घेरामा सो ठाउँमा जाने व्यवस्था मिलाउँछौं ।’

भगवान रामको जन्मभूमि अयोध्या ठोरीमै रहेको प्रधानमन्त्रीको अभिव्यक्तिपछि दैनिक सो क्षेत्रको भ्रमण गर्ने र पूजापाठ गर्नेहरु को चहलपहल बढेकै समयमा सीतागुफा नजिकै रहेको नेपाल–भारत सीमा स्तम्भ उखेलेर फाल्नुलाई यहाँका स्थानीयले षडयन्त्रको रुपमा लिएका छन् ।

सम्बन्धित् समाचार