गृहपृष्ठ खबर गुल्मीमा साउन ११ बाट सम्पूर्ण विद्यालय खुल्ने,कर्णालीमा पनि खोल्ने तयारी

गुल्मीमा साउन ११ बाट सम्पूर्ण विद्यालय खुल्ने,कर्णालीमा पनि खोल्ने तयारी

प्रकाशित मिति:

गुल्मी ।
गुल्मीको रुरु गाउँपालिकाले यही साउन ११ गतेबाट सम्पूर्ण विद्यालय खोल्ने निर्णय गरेको छ । आज बसेको विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु र गाउँपालिका प्रतिनिधिबिचको संयुक्त छ्लफलले सो निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकारले पनि स्वास्थ्य जोखिम नभएका स्थानमा विद्यालय खोल्ने तयारी गरेको छ । प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण नदेखिएका ठाउँमा विद्यालय खोल्नका लागि केन्द्र सरकारलाई गत जेठ र असारमा दुई पटक लिखित अनुमति मागेकामा हालसम्म कुनै निर्णय प्राप्त नभएकाले अब प्रदेश र स्थानीय तहमै निर्णय गरेर विद्यालय खोल्न लागिएको छ ।

मुलुकभर बन्दाबन्दी जारी गर्ने अधिकार केन्द्रको भए पनि विद्यालय तहको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी संविधानतः स्थानीय तहको भएकाले तिनले निर्णय गरेर विद्यालय खोल्न प्रदेश सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

सम्बन्धित् समाचार