गृहपृष्ठ खबर नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन : पहिरोका कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको  छ । लगातारको वर्षाका कारण इच्छाकामना गाउपालिका-६ स्थित चारकिलो र चोर खोलामा पहिरो खसेपछि सडक बन्द छ । बिहान ५ बजे ठूलो पहिरो खसेकोले दुई तर्फी सडक अवरुद्ध छ  ।

पहिरो खसिरहेकोले तत्काल पहिरो हटाउन कठिनाई भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । चार किलो सबैभन्दा बढी पहिरोको जोखिमयुक्त क्षेत्र  मानिन्छ । पटक-पटक पहिरो खसेर  बाटो  अवरुद्ध हुँदै आएको छ । पहिरो रोकथामको काम भइरहेको छ ।

कमजोर भूबनोटका कारण कमसल माटो र चट्टान खस्ने समस्या भएको नारायण-मुग्लिङ सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए । खनालका अनुसार आज दिनभर जसो नै पहिरो हटाउन समय लाग्ने छ । जिल्ला प्रशासन कार्यालय चितवनले सतर्क रहन  आग्रह गरेको छ ।

सम्बन्धित् समाचार