भारतकाे एउटा राज्य मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानको कोरोना परीक्षण नजिता पोजेटिभ आएको छ ।
परीक्षण रिपोर्ट आएपछि ट्वीट गर्दै उनले आफु संक्रमित भएको सार्वजनिक गरेका हुन् ।
भारतमा कोरोना संक्रमित हुने उनी पहिलो मुख्यमन्त्री हुन् । उनले ट्वीट गर्दै भनेका छन, ‘मसँग सम्पर्कमा आउनु भएका सबैले कोरोना टेष्ट गराउनु होला । मेरो निकट सम्पर्कमा रहनुहुने सबै क्वारेन्टाइनमा बस्नु होला ।’
उनले चिकित्सकको सल्लाहअनुसार क्वारेन्टाइन बसेर उपचार गराउने बताएका छन् ।उनले प्रदेशका जनतालाई सावधानी अपनाउन अपिल पनि गरेका छन् । सावधानी अपनाउने सबै प्रयास गर्दा पनि विभिन्न समस्या लिएर आउने जनतासँग भेट्नु परेको उल्लेख गर्दै भेटघाट गर्नेलाई परीक्षण गर्न उनले सुझाव दिएका छन् ।