बुटवल । पाल्पामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । पाल्पा माथागढी गाँउपालिका वाड नम्बर २ मा तिनाउँ खोला तर्ने क्रममा स्थानीय ५३ वर्षका हर्कबहादुर सारुको आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पाल्पाले जनाएको छ ।
उनलाई दिउँसो खोलाले बगाएर २५० मिटर लगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








