फेरी पनि कोरोना र्फैलने उच्च जोखिममा रहेको कपिलवस्तुमा समुदायस्तरबाटे पिसिआर परिक्षणकालागि ३ सय जनाको स्वाब संकलन गरिने भएको छ । ७ सय ६२ जना कोरोना संक्रमित भेटिएको कपिलस्तुमा २ साता अघि देखि स्बाव सकलन कार्य रोकिएको छ । लकडाउन खुले पछि बजार समुदायमा चलहपलह बढेको छ ।
यस्तै छिमेकी देश भारतसंग सिमा जोडिएका भारतीय बजारमा रहेका समुदायमा समेत कोरानो संक्रमण फैलिएको छ । जसले गर्दा कपिलवस्तुमा समुदायमा समेत कोराना फैलने देखिएको हो । जिल्लासंग मिसा जथोडिएको शोहरतगढ क्षेत्रमा ५० र बढनी बजारमा ५ जना समुदायस्तरमा नै कोरोना संक्रमित भेटिएको भारतीय अधिकारीहरुले बताएका छन । शोहरतगढ र बढनीमा कपिलवसतुबाट किनमेल लगातयतका कामकालागि आउजाउ गर्ने गरिएको छ । लकडाउन खोलिनु, चहलपहल बढनु र भारतीय बजारहरुमा समेत कोरोना संक्रमित देखिए पछि कपिलmस्तुका समुदायस्तरमा कोरोना फैलन उच्च जोखिम बढेको स्वास्थ्यकर्मी बताउछन ।
समुदायस्तरमै कोरोना फैलन सक्ने देखिएकाले यथार्थअवस्था पत्ता लगाउन समुदाय र पेशाका गरी ३ सय जनाको स्बाव संकलनगर्ने कार्य सुरु गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । ‘ हामीले समुदाय र बिभिन्न पेशमा लागकोहरुको गरी ३ सय जनाकोे नमुना परिक्षणकालागि स्वाब संकलन कार्य अघि बढाएका छौ ’ थापाले भने ।
सुरक्षाकर्मी, ब्यापारी, बैक कर्मचारी, पालिकामा काम गनै कर्मचारी, र समुदाय गरी ३ सय जनाको पिसिआरकाmलागि मंगलवार देखि स्वाब संकलन कार्य सुरु गरिने छ । १ सय ६८ जना संक्रमित देखिएको यशोधरा र १ सय २२ जना संक्रमित भेटिएको महाराजगंज नगरपालिमा सय सय जनाको स्बाव सकलन गरिने छ । त्यहा रहेका संक्रमित परिवार बिदेशबाट आएकाहरुको स्बाव सकलन गरिने छ । कृष्णनगर नगरपालिकामा रहेको नेपाल र सशस्त्र प्रहरी गरी २० जना, शिवराज नगरपालिकामा पसल संचालन गरको ३० जनाको स्बाव संकलन गर्ने योजना छ ।
शिवराज कै मेडीलकमा काम गर्ने २० जना कर्मचारीको, तौलिहवाको ५ बैकमा काम गनैृ १० कर्माचारी, सुद्धोदन गाउपालिकामा काम गनै २० कर्मचारीको स्बाव सकलन गरिने छ । नमुना स्बाव संकलन गनै कार्य एक हप्ता भित्र संपन्न गर्ने गरीकार्य अघि बढाईएको जिल्ला स्बास्थ्य कार्याmलयका प्रमुख योगेन्द्र भगतले बताए ।
‘ यो नमुना परिक्षणले जिल्लाको अवस्था थाहा हुन्छ ’ उनले भने । ७ सय ६२ संक्रमित भेटिएको कफिलस्तुमा ६ सय ४८ जना निको भई घर फर्कि सकेका छन । बाणगंगा र शिवराज नगरपालिकामा ६÷६ जना तथा बुद्धभुमीमा २ जना आइसोलेनशमा उपचाररत छन । जिल्लामा ८ हजार ५५१ जनाको स्बाव सकलन गरिएकोमा अब ८४ जनाको मात्र रिपोर्ट आउन बाकी छ ।