गृहपृष्ठ खबर राप्रपा छाडेका सुनिल थापा आज कांग्रेस प्रवेश गर्ने

राप्रपा छाडेका सुनिल थापा आज कांग्रेस प्रवेश गर्ने

प्रकाशित मिति:

काठमाण्डौ – राप्रपा छाडेका सुनिलबहादुर थापासहितका केही नेता आज नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्।

मङ्गलबार दिउँसो तीन बजे पार्टी कार्यालय सानेपामा पार्टी प्रवेशको कार्यक्रम राखिएको छ ।

कांग्रेसले थापालाई सह-महामन्त्री र अरु ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी गरेको छ । थापाले आफूलाई महामन्त्री र अन्य ११ जना नेतालाई केन्द्रीय सदस्य माग गर्नुभएको थियो । थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले पार्टी छाडेका हुन् ।

थापा पार्टी प्रवेश गर्ने भएपछि कांग्रेसभित्र विवाद बढेको छ । गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई निष्कासन गरेलगत्तै थापालाई पार्टी प्रवेश गराउन खोजिएको भन्दै केही नेताहरुले असन्तुष्टि जनाएका छन् ।

सम्बन्धित् समाचार