गृहपृष्ठ खबर कोरोना संक्रमण बढ्दो, बुधबार २ सय १० जना संक्रमित थपिए

कोरोना संक्रमण बढ्दो, बुधबार २ सय १० जना संक्रमित थपिए

नेपालमा बुधबार २ सय १० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन्।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको परीक्षण भइसकेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको १९ हजार २ सय ७३ पुगेको छ। यस्तै, बुधबार १ सय ४६ जना डिस्चार्ज भएका छन्। बुधबारसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार २१ रहेको छ।

सम्बन्धित् समाचार