कपिलवस्तु जिल्लाकै एक उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा स्थापित श्री जनता मा.वि.पिपरामा नयाँ कक्षाहरु संचालन हुने भएका छन् । विद्यालयमा यसै शैक्षिक सत्र २०७७ सालबाट सिटिभिटि अन्र्तगत सिभिल इन्जिनियरिङ र आर्चिटेक्चरमा तीन बर्षे डिप्लोमा कक्षा संचालन हुने भएको हो । उक्त संचालन हुने कक्षाहरुमा समयमै सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्न समेत विद्यालय प्रशासनले आग्रह गरेको छ ।
विद्यालयमा तीन बर्षे फोरेस्ट्रि इन डिप्लोमाको कक्षा संचालन भईरहेको छ । विद्यार्थीले थप जानकारीका लागी श्री जनता मा.वि. वाणगंगा २ पिपरा कपिलवस्तुमा सम्पर्क गर्न सक्ने छन् । विद्यालय प्रशासनले विद्यार्थीको सहजताका लागी मोवाईल नम्बरहरु ९८५७०१२०९३ र ९८६७००२४४७ मा समेत सम्पर्क गर्ने वातावरणको सिर्जना गरेको छ ।