गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतमा विमान दुर्घटना, पाइलटसहित १७ जनाको ज्यान गयो १ सय ६० जना घाइते

भारतमा विमान दुर्घटना, पाइलटसहित १७ जनाको ज्यान गयो १ सय ६० जना घाइते

plane crash in india
 भारतको केरलामा विमान दुर्घटना हुँदा पाइलटसहित १७ जनाको ज्यान गएको छ ।
दुबईबाट आएको विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर गएपछि दुर्घटना भएको हो ।

विमानमा कोरोना सङ्क्रमणका कारण जागिर गुमाएका, भिसा अवधि सकिएका, घुम्न गएर दुबईमै अड्किएकालगायत गरी १० बालबालिकासहित १९० जना रहेका भारतीय संचारमाध्यमले जनाएका छन्।

विमानमा रहेकामध्ये १ सय ६० जना घाइते भएका छन् । उनीहरुलाई विभिन्न अस्पताल लगिएको छ ।

सम्बन्धित् समाचार