सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा (रा.तथा भन्सार सुरक्षा) कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही र सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपाने द्वय राष्ट्रीय मदरसा संघ नेपालले एक सम्मान समारोहकासाथ शाहीलाई भब्य बिदाई गरे ।
सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही र सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपाने लाई दोसल्ला ओढाई सम्मानित गर्दै उहाहरुको कार्यकालप्रति प्रसंशा पत्र समेत प्रदान गरिएको हो ।हाल शाहीको सरुवा चितवनमा भएको छ । नेपाल भारत खुल्ला सीमामा कडा सुरक्षा व्यबस्था मिलाई दिन रात नेपाली जनताको हक हितको लागि सीमामा हुने अनेको अवैध गतिविधीहरुमा लगाम लगाई समाजमा सदैव धार्मिक सहिष्णुता कायम गर्दै कृष्णनगरका जनताको सुख दुःखमा हात मिलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धेरै धेरै धन्यवाद र आगामी दिनमा पनि कार्यकाल सफल रहोस भन्ने शुभकामना दिदै ५न.प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना महमूद खां नेपालीले विदाई गरेका थिए ।
विदाई समारोहमा ईप्रका कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुलगनी अलकुफी, नेकपाका नगरसमिती अध्यक्ष जावेद आलम, राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की, राष्ट्रीय मदरसा संघ नेपाल का सल्लाहकार मास्टर अनवार अहमद,युवा समाजसेवी साहिल खान,अलसेराज उर्दु पत्रिकाका सम्पादक मौलाना मन्नान, सगीर खाकशार,राहुल मोदनवाल,संईद अख्तर,हसीर अहमद लगायत समाजका भद्रभलादमी पत्रकारहरुको उपस्थिति थियो।
सशस्त्र प्रहरी नायब उपरिक्षक शाहीलाई राष्ट्रीय मदरसा संघ नेपालद्वारा सम्मानपूर्ण बिदाई
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैविजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान
१५ घण्टा अघि
आज १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस
१६ घण्टा अघि








