कपिलवस्तुमा २० देखि २५ बर्ष उमेर समुहका सबै भन्दा बढी संक्रमित भएको पाईएको छ । सो उमेर सुमहका १ सय ७३ जना संक्रमित भएका छन । यस्तै २५ देखि ३० बर्षका १ सय ४३ जना संक्रमित छन । १५ देखि २० उमेरका १ सय ३३, ३५ देखि ४० का एक सय, ३० देखि ३५ उमेरका ९९ सय जना छन ।
४० देखि ४५ बर्षका ७२ जना, ४५ देखि ५० उमेरका ३६, १० देखि १५ बर्षका २२ जना, ५ देखि १० बर्षका १८ जना छन । ५० देखि ५५ बर्षका १७ जना, जन्मेदेखिका ५ बर्षका १५ जना, ७० बर्षमाथीका ५ जना, ५५ देखि ६०का ४ जना, ६० देखि ६५ का २ तथा ६५ देखि ७० बर्षका एक जना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यायले जनाएको छ ।