गण्डकी प्रदेश बाग्लुङ्ग जिल्ला निसिखोला गाउँपालिका- ५ ढोरपाटन घर भै हाल जागिरको सिलसिलामा भारतको पंजाबमा बस्दै आउँनुभएको ज्ञान बहादुर बिकको छोरा ७ वर्षका कृष्ण बहादुर बिक गत वैशाख २५ गते ग्यास पड्किदा शरीरको करिब ८०% भाग जलेर गम्भीर घाइते भएका थिए ।
२ महिनासम्म कृष्ण बिकको पंजाबमा रहेकोे Public hospital Punjab मै उपचार भयो भने कृष्ण बिकलाइ थप उपचारको लागि (अप्रेसनको लागि) हाल National burns centre (Indian burns research society)मा उपचार भैरहेको छ। अहिले घाइते कृष्ण लाई ICU मा राखेर उपचार जारी रहेको परिवारले जनाएको छ ।
परिवारमा उपचारका निमित्त आर्थिक अभाव भएको हुँदा ज्ञान बहादुर बि.क. ले आफ्नो छोरालाई बचाई दिन सम्पुर्णमा सहयोगी समक्ष सहयोगको अपील गर्नु भएको थियो ।
घाइते सुनारको थप उपचारका निमित्त ठूलो धनराशि खर्च हुने भएकाले विभिन्न क्षेत्रबाट सहयोगका निमित्त अभियानहरू समेत संचालन भएको थियो सोही अभियान अन्तर्गत कपिलवस्तुका बुद्धभुमी न.पा-३ दुविया निवासी रतन वि.क. ले संकलन गरेको रकम ६०६३० रूपैयाँ घाइते कृष्ण वि .क को परिवारलाई हस्तान्तरण गरिएको छ ।
अभियान्ता रतन वि.क. ले यस अभियानमा घाइतेको जीवन रक्षा गर्न आर्थिक सहयोग गर्ने सहयोग दातालाइ धन्यवाद ज्ञापन समेत गरेका छन । साथै अब सहयोग गर्न चाहने सहयोग दाताहरूलाइ घाइते कृष्ण बहादुर वि .क का बुबा
ज्ञान बहादुर वि.क. +917707806838(Imo, Whatsapp) लाई सिधै सम्पर्क गरेर सहयोग गर्न आग्रह समेत गरेका छन ।