गृहपृष्ठ खबर बार्सिलोनाका एक खेलाडीमा कोरोना संक्रमण

बार्सिलोनाका एक खेलाडीमा कोरोना संक्रमण

स्पेनिस क्लब बार्सिलोनाले आफ्ना एक खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ। यद्यपि संक्रमित खेलाडी च्याम्पियन्स लिग खेल्ने टोलीमा नरहेको क्लबले जनाएको छ। बार्सिलोनाले च्याम्पियन्स लिग टोलीमा नपरेका ९ खेलाडीलाई हाल प्रिसिजन प्रशिक्षणका लागि बोलाएको थियो। तीमध्ये एक खेलाडीमा संक्रमण देखिएको हो।

प्रिसिजन प्रशिक्षणका लागि मंगलबार ९ खेलाडीको पिसिआर परीक्षण गरिएको थियो जसमा एक खेलाडीलाई कोरोना संक्रमण देखिएको छ। उनलाई कोरोनाको कुनै लक्षण देखिएको छैन। स्वस्थ नै रहेका उनी हाल आफ्नै निवासमा क्वारेन्टिनमा छन्।’ विज्ञप्तिमा भनिएको छ।

बार्सिलोनाले खेलाडीको सम्पर्कमा आएका सबैको पुन पीसीआर टेस्ट गर्ने जनाएको छ। च्याम्पियन्स लिग टोलीमा रहेको सबै खेलाडी हाल लिस्बन जान छुट्टै बसेकाले संक्रमणको डर नरहेको क्लबले जनाएको छ। बार्सिलोना शुक्रबार हुने खेलका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्दैछ।यसअघि स्पेनिस टोली एट्लेटिको म्याड्रिडका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको थियो। सोमबार क्लबले विज्ञप्ति जारी गर्दै एन्जल कोरिया र सिमे भर्साल्कोमा कोरोना संक्रमण देखिएको जनाएको थियो। दुवै खेलाडीमा कुनै लक्षण नदेखिए पनि उनीहरु होम क्वारेन्टाइनमा रहेका छन्स जसका कारण उनीहरूले च्याम्पियन्स लिगको खेल गुमाउनेछन्।

सम्बन्धित् समाचार