गृहपृष्ठ खबर सिन्धुपाल्चोकमा पहिरो, १३ घर पुरिए

सिन्धुपाल्चोकमा पहिरो, १३ घर पुरिए

प्रकाशित मिति:

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा पहिरो जाँदा १३ घर पुरिएको छ। शुक्रबार बिहान साढे ६ बजे पहिरोले १३ घर पुरिएको हो।

‘१३ घर केही नदेखिने गरी पुरिएको छ’ जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले  भने, ‘५ घरका परिवार सम्पर्कमा छैनन्।’

नेपालका अनुसार सामान्य घाइते भएर निस्कन सक्नेहरु १५ जना निस्किएर लप्सेचौर भन्‍ने स्थानमा गएर बसेका छन्। अन्य घाइतेहरुलाई निकाल्न सकिने अवस्था नभएकाले हेलिकोप्टरको प्रयास भइरहेको उनले बताए।

सम्पर्कविहिन भएका ५ घरमा कति जना थिए भन्‍ने यकिन नभएको उनले जानकारी दिए। घटनास्थलमा उद्दारको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

सम्बन्धित् समाचार