गृहपृष्ठ खबर द ग्रेटवाल सम्बन्धी केही आश्चर्य र रोचक तथ्य, जो तपाईलाई थाहा नहुन सक्छ ?

द ग्रेटवाल सम्बन्धी केही आश्चर्य र रोचक तथ्य, जो तपाईलाई थाहा नहुन सक्छ ?

प्रकाशित मिति:

चिनमा बिभिन्न आश्चर्य खालका बिकास निर्माणका कुराहरु धेरै छन् । पछिल्लो समय चिनमा निर्माण भएका रेल मार्ग लगाएतले बिश्वमा निक्कै चर्चा पाईरहेका छन् । यस्तै बर्षौ देखि चर्चाको बिषय बनेको द ग्रेटवाल अफ चाईनाको बारेमा केहि चर्चा गर्न गईरहेका छौं । जुन रोचक रहेको छ । ग्रेटवाल एक मानव निर्मित आकृति हो जुन चन्द्रमबाट समेत देख्न सकिन्छ ।

द ग्रेटवाल अफ चाईना विश्वको ७ औं आश्चर्यका रुपमा चिनिन्छ । ग्रेटवाल सातौं शताब्दीमा करिब २८०० साल पहिले बनाउन शुरु गरिएको थियो । यो पूरा हुन करिव २००० वर्ष लागेको थियो । यो विश्वप्रसिद्ध वालको निर्माण राजा किन शिहुआंगले बनाएका हुन् । कुनै समय यसलाई विभिन्न नामले चिनिथ्यो, जस्तै कि मपंत, परपल फ्रन्टयर, अर्थ ड्रैगन ।

१९ औं शताब्दीम यसको अफिसियल नामा ग्रेट वाल अफ चाइना राखिएको हो । यसको कुनै भाग आपसमा जोडिएका छैनन । यदी यसका सवै भाग जाड्ने हो भने यसको कूल लम्बाई ८ हजार ८ सय ४८ किलोमिटर हुनजान्छ । यसको उचाइ मात्रै करिव ३५ फिट रहेको छ । एक अनुमान अनुसार यो वाल बनाउनको लागि २० देखि ३० लाख मानिसले आफ्नो पूरै जीवन व्यतित गरेका थिए ।

ग्रेडवालको चौडाइ पनि एक साथ ५ घोडा वा १० मानिस पदैल हिड्न मिल्ने खालको छ ।त्यसो त यो वाल दुस्मनबाट बच्नको लागि बनाइएको थियो । तर पछिल्लो समय यसको विकास पर्यटकीय क्षेत्रका रुपमा रहेको छ । यो वालको निर्माणका क्रममा ज्यान गुमाउनेहरुलाई त्यही गाडिन्थ्यो । त्यसैले यसलाई विश्वकै लामो चिहानका रुपमा समेत लिइन्छ ।

त्यस्तै, चीनमा आक्रमण गर्न आउने दुश्नहरुलाई हेर्नका लागि वालका बीच–बीचमा प्वालहरु पनि राखिएका छन् । यो वाल बनाउन ढुंगासँगै चामलको पीठो प्रयोग गरिएको थियो । यहाँ हरेक वर्ष एक करोड पर्यटकले भ्रमण गर्ने गरेको पाईएको छ ।

सम्बन्धित् समाचार