गृहपृष्ठ खबर हुदाहुदा भारतमा एक ब्यक्तिले बनाए सुनकै मास्क

हुदाहुदा भारतमा एक ब्यक्तिले बनाए सुनकै मास्क

प्रकाशित मिति:

दुनियामा मानिसहरुले सुल एक गहनाको रुपमा लगाउने गर्छन् । धनि मानिसहरुले आफ्नो शोखको लागी सुन लगाउने गरेको हुन्छ । तर भारतको महाराष्ट्र राज्यमा एक जनाले सुनको गरगहना नभई मास्क बनाएका छन् ।

दुनियाले पछिल्लो समय कोराना महामारीबाट बच्नको लागी मास्कको प्रयोग गर्दै आईरहेको बेलामा ती पुरुषले सुनको मास्क लगाएर हिँड्ने गरेका छन् ।  ३ लाख रुपैयाँको लगानीमा सुनको मास्क बनाएका भारतको पुनेका शंकर कुराडेलाई गोल्डम्यानको नामले नै चिनिन थालिएको छ ।

मास्कमा साढे पाँच तोला सुन लागेको छ। मास्कमा श्वास फेर्नका लागि स–साना प्वाल बनाइएको छ । त्यति मात्र नभई सुनका सौखिन शंकरले सुनका सामग्री चेन, अगौठी र ब्रासलेट लगाएर हिँड्ने गर्छन् ।

सम्बन्धित् समाचार