गृहपृष्ठ खबर पुलबाट हामफाल्दा प्युठानमा एकजनाको मृत्यु

पुलबाट हामफाल्दा प्युठानमा एकजनाको मृत्यु

प्रकाशित मिति:

प्युठानमा पुलवाट झिमरुक नदिमा हाम फाल्दा एक जनाको मृत्यु भएको छ ।
शनिवार दिउँसो पौने एक बजे प्युठान नगरपालिका ८ बाग्दुलामा रहेको पक्की पुलवाट झिमरुक नदिमा हाम फाल्दा प्युठान नगरपालिका १० बडरा निवासी ५० वर्षिय धनिराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

नीजको शव प्युठान नगरपालिका ४ स्थित राना बगरमा फेला परेको हो ।मृतकको मानसिक सन्तुलन ठिक नभएको र औषधी सेवन गर्दै आएकोले पुलबाट हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।
शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार