इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गर्दै फ्रेञ्च क्लब लियोन युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार अबेर राति पोर्चुगलको लिस्बनमा भएको अन्तिम क्वार्टरफाइनलमा लियोनले सिंटीलाई ३-१ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।
लियोनका लागि म्याक्सवेल कोर्नेटले २४ मिनेटमा पहिलो गोल गरे।
पहिलो हाफमा १-० गोलले पछि परेको सिटीका लागि केभिन डे ब्रुनाले ६९ मिनेटमा बराबरीमा गोल फर्काउन सफल भए।
तर अन्तिम ११ मिनेटमा लियोनका मोउसा डेम्बेलेले दुई गोल गर्दै आफ्नो टिमलाई जित दिलाए। डेम्बेलेले ७९ मिनेटमा गोल गरेर लियोनलाई दोस्रो पटक अग्रता दिलाए। ८७ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दा लियोनको अग्रता ३-१ मा पुगेको थियो।
योसँगै च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा भएको छ। सिजनको लिगमा दुई जर्मन क्लब आरबी लेइपजिग र वायर्न म्युनिख तथा दुई फ्रेन्च क्लब पिएसजी र लियोनले अन्तिम चारमा स्थान बनाए।
अब पहिलो सेमिफाइनलमा मंगलबार लेइपजिग र पिएसजीबीच खेल हुनेछ। बुधबार हुने दोस्रो सेमिफाइनलमा लियोन र वायर्न म्युनिखबीच प्रतिस्पर्धा हुनेछ।