गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतमा संक्रमितको संख्या २५ लाख ८९ हजार भन्दा बढी, ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो

भारतमा संक्रमितको संख्या २५ लाख ८९ हजार भन्दा बढी, ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ५० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ९५० जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या ५० हजार ८४ पुगेको वल्डोमिटरले जनाएको छ। त्यस्तै विगत २४ घण्टामा भारतमा ६३ हजारभन्दा बढीमा संक्रमण भएको छ। संक्रमितको सूचीमा तेस्रो स्थानको भारतमा संक्रमितको संख्या २५ लाख ८९ हजार भन्दा बढी रहेको छ। संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो।

त्यस्तै पछिल्लो समय अमेरिकामा ५३ हजार भन्दा बढी तथा ब्राजिलमा ३८ हजार भन्दा बढीमा संक्रमण भएको छ। विश्वभर २ लाख ४७ हजार भन्दा बढी मानिस कोरोना पोजेटिभ भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। सबैभन्दा बढी अमेरिकामा १ हजार भन्दा बढीको मृत्यु हुँदा ब्राजिलमा ७ सय २६ जनाको मृत्यु भएको छ। २ सय १३ देशका संक्रमितमध्ये अहिलेसम्म १ करोड ४३ लाख भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् भने ६ लाख ७८ हजार भन्दा बढीको उपचार भइरहेको छ।

सम्बन्धित् समाचार