गृहपृष्ठ खबर कांग्रेसले पठायो बाढीपीडितका लागि ३० जिल्लामा ४५ लाख रुपैयाँ

कांग्रेसले पठायो बाढीपीडितका लागि ३० जिल्लामा ४५ लाख रुपैयाँ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रिय समितिले बाढी पहिरोमा उद्धार र राहतका लागि प्रथम चरणमा ३० जिल्लामा ४५ लाख रुपैयाँ सहयोग पठाएको छ। नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका नाममा ३० जिल्लामा एक लाख ५० हजारका दरले सहयोग पठाइएको हो।

कांग्रेसले हरेक मानवीय पीडामा मल्हम लगाउन सदैव अग्रपंक्तिमा काम गर्दै आएको छ, विज्ञप्तिमा भनिएको छ, ‘यसक्रममा बाढी पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्धार र राहतको जिल्ला स्तरिय अभियानलाई बल पुर्‍याउन ‘स्नेहको सानो सहयोग’का रुपमा उक्त रकम पठाइएको छ। ” उद्धार र राहतको अभियानका संलग्न विभिन्‍न तहका कार्यकर्ताको प्रशंसा गर्दै कांग्रेसले मानवीय कर्ममा थप क्रियाशीलताका लागि आव्हानसमेत गरेको छ।

“कोरोनाको कहरका बेलामा बाढी पहिरोले जनधनको क्षति गरेर पीडामाथि पिडा थपिएको छ, यस्तो बेला सबैले आ–आफ्नो ठाउँबाट कर्तव्य निर्वाहमा जुट्न जरुरी छ, विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित् समाचार