गृहपृष्ठ खबर च्याम्पियन्स लिगको  फाइनलमा बार्यन म्युनिख र पीएसजी खेल्दै

च्याम्पियन्स लिगको  फाइनलमा बार्यन म्युनिख र पीएसजी खेल्दै

काठमाण्डौ – च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज हुँदैछ ।

पोर्चुगलको लिस्बनमा राति पौने एक बजे हुने खेलमा जर्मन क्लब बार्यनम्युनिख र पेरिस सेन्ट जर्मेन पीएसजी खेल्दैछन् ।

पाँच पटक उपाधि जितेको बार्यनम्युनिख ११ औं पटक फाइनल खेल खेल्दैछ भने पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

सेमिफाइलनमा बार्यनले लियोनलाई र पीएसजीले लाइप्जिगलाई हराएको थियो । 

लिगका सबै खेलमा उत्कृट प्रदर्शन गरेको बार्यन छैठौं पटक उपाधि जित्ने योजनामा छ भने पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेर इतिहास रच्ने दाउमा रहको छ ।

सम्बन्धित् समाचार