वैखरी अनलाइन
कपिलवस्तुको बाणगंगा नगरपालिकामा भदौ १ गते स्वाब सकंलन गरेकाहरु सबैको रिर्पोट आएको छ । जसमध्य ३ जनालाई कोरोना संक्रमण देखिएको छ भने १८७ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको हो । पोजिटिभ रिर्पोट आउनेहरु हाल आइसोलनमा रहेको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए ।
समुदायमा कोरोना देखिएपछि बाणगंगा नगरपालिकाले स्वाब सकंलनलाई तिव्रता दिएको छ । त्यस्तै उद्योग बाणिज्य सघंको आर्थिक सहयोगमा भएको स्वाब सकंलन मध्य ४ जनालाई कोरोना संक्रमण देखिएको छ भने ९५ जनाको रिर्पोट नेगेटिभ आएको छ ।