कपिलवस्तु : नेपाली कांग्रेस कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं १ ईकाई कार्य समितीले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम शनिबार बुद्धभुमी नगरपालिकाको वडा नम्वर १ भेलाईमा भएको थियो । कार्यक्रममा नेकपा परित्याग गरि ३० जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्वर २ का क्षेत्रिय सभापति केशव कुमार श्रेष्ठले उनीहरुलाई पार्टी प्रवेश गराउनु भएको हो । पार्टी प्रबेश गरेहरुले बहुमतको सरकारले काम भन्दा गफ धेरै गरेको टिप्पणी गरेका छन् ।
पार्टीमा प्रबेश गर्नेहरुले स्थानीय तह, प्रदेश र केन्द्रमा नै बहुमतको सरकार रहेता पनि कम्युनिष्ट पार्टीले नीति अनुसार आफ्नो कामलाई सफल बनाउन चुकेको टिप्पणी गरेका थिए । उनीहरुले पार्टीको सिद्धान्त र मर्मलाई आत्मसात गर्न नसकेको हुँदा ‘कम्युनिष्ट हुँ’ भनेर यो पार्टीमा रहनुको औचित्य समाप्त भएताकाले नेपाली कांग्रेस पार्टीमा आफुहरुको आकर्षण बढेको बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस बुद्धभुमी वडा नम्बर १ का सभापति शालिकराम वन्जाडेको अध्यक्षता, नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठलको प्रमुख आतिथ्यता, महाधिवेशन प्रतिनिधी तिलक वस्नेत, नगर सचिव राजेन्द्र कुवर, नेपाल तरुणदलका जिल्ला सदस्य प्रमोद पोख्रेल, नेवि संघ नगर सभापति अच्युत अर्याल,क्षेत्रिय प्रतिनिधि दिनेश चौधरी लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन ईकाई सचिव भोजराज खनालले गर्नुभएको थियो ।