गृहपृष्ठ खबर गलत समाचार सम्प्रेषण नगर्न कपिलवस्तुको एक मिडियालाई ईन्जिनियर्स एशोसिएसनको आग्रह

गलत समाचार सम्प्रेषण नगर्न कपिलवस्तुको एक मिडियालाई ईन्जिनियर्स एशोसिएसनको आग्रह

प्रकाशित मिति:

 

वैखरी अनलाईन : कपिलवस्तुको एक मिडियाले सम्प्रेषण गरेकोे समाचारप्रति नेपाल ईन्जिनियर्स एशोसिएसन प्रदेश नम्बर पाँचको ध्यानाकर्षण भएको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै एशोसिएसनले ध्यानाकर्षण भएको जनाएको हो ।

क्वारेन्टाईनको रुपमा प्रयोग भएका कपिलवस्तुका १५ वटा विद्यालयलाई भदौ १३ गते नेपाल ईन्जिनियर्स एशोसिएसनको पहलमा केही राहत सामाग्री प्रदान गरिएको थियो । उक्त कार्यक्रमको समाचार सम्प्रेषण गर्ने क्रममा एक मिडियाले शिर्षक नै गलत राखी समाचार सम्प्रेषण गरेकोमा एशोसिएसनले ध्यानाकर्षण भएको जनाएको हो ।

त्यस्तै सामाजिक संजालमा कपिलवस्तुको एक मिडियाले कुनै एक व्यक्ति विशेषसंग नजिकिन, काम गरेकाको भन्दा अरुको नै प्रचारप्रसार गर्ने गरेको, चाकरी गर्ने प्रवृति देखिएको भन्दै टिका टिप्पणी हुदै आएका छन् । थप जानकारी विज्ञप्तिमा रहेको छ ।

सम्बन्धित् समाचार