कपिलवस्तु : नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य सहित १ दर्जन बढि कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बुद्धभूमी नगरपालिका वडा नं १ को पथ्थरकोटमा आयोजीतकार्यक्रममा नेकपाकाजिल्ला सदस्य रोमाखर खनाल(राम प्रसाद ) सहित१ दर्जन स्थानीयकार्यकर्ता नेपालीकाग्रेंसमा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरुमा नेत्र प्रसाद भट्राई,रामलालपौडेल,नारायण गिरी,सन्तोष आर्चाय,गायत्रीझाक्री, मदनकार्की,भरत बेल्वासे,राजु बस्नेत,निमानन्द गिरी लगायतका रहेको छन् ।
उनिहरुलाई नेपालीकागे्रंसका क्षेत्र नं २ का सभापतिएवं बुद्धभूमी नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले पार्टीको सदस्यताप्रदान गरी स्वागत गरेका छन् । लोकतन्त्रमाविश्वास गर्ने नेपालीकागे्रंंस पार्टी सबैको भएको कारण सबै नागरिक पार्टीमा अट्न सक्ने हुदां सबैलाई सम्मान र पदियजिम्वेवारी समेत प्रदान गरिने सभापतिश्रेष्ठले बताए ।
त्यस्तै युवा नेता तेज बहादुर बस्नेतले पछिल्लो समय नेपालीकांग्रेसमा युवाहरुको आर्कषण रहेकोले उनिहरुलाई अवसर र सम्मानदिने बताए । सो अवसरमा काग्रेंसका नेता राम प्रसाद बेल्वासे, सिताबेल्बासे , प्रेमनारायण अधिकारी लागतयतको सहभागिता रहेको थियो । यस अघि सोही वडामा ३१ जना समेत पार्टी प्रवेश गरिसकेका छन् ।