गृहपृष्ठ खबर काठमाडौं उपत्यकामा मात्रै थपिए ३ सय ५४ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा मात्रै थपिए ३ सय ५४ कोरोना संक्रमित

प्रकाशित मिति:

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ३ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका २ सय ९०, ललितपुर र भक्तपुरका ३२/३२ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

 

सम्बन्धित् समाचार