गृहपृष्ठ कृषि वाणगंगाका डेढ सय बढि व्यक्ति नेकपा प्रवेश

वाणगंगाका डेढ सय बढि व्यक्ति नेकपा प्रवेश

कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिकाका डेढ सय बढी व्यक्ति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । वाणगंगा नगरपालिका वडा नं। २ गब्दैया कप्टैया गाउँका डेढ सय बढी व्यक्तिहरु नेकपामा प्रवेश गरेका हुन् ।

नेकपा वाणगंगा २ वडा कमिटीको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, समाजवादी पार्टी र स्वतन्त्र गरी डेढ सय व्यक्ति नेकपामा प्रवेश गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य विमला घिमिरे, जिल्ला अध्यक्ष झविलाल पोख्रेल, प्रदेश कमिटी सदस्य कृष्ण पौडेल, जिल्ला नेता तथा नगरका उपमेयर चक्र अर्याल, वाणगंगा नगर कमिटी अध्यक्ष शंकर पाण्डे, सचिव टेकेन्द्र कुँवर, वडा नं। २ का वडाध्यक्ष विष्णु पौडेल लगायतले पार्टीको सदस्यता पत्र दिई पार्टीमा प्रवेश गराउनुभएको हो ।

 

सम्बन्धित् समाचार