गृहपृष्ठ खबर नेपाल तरुण दल र नेविसंघ कपिलवस्तुद्धारा ८ क्लवलाई फुटबल प्रदान

नेपाल तरुण दल र नेविसंघ कपिलवस्तुद्धारा ८ क्लवलाई फुटबल प्रदान

कपिलवस्तु : नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर १, कपिलवस्तुद्वारा लौह पुरुष गणेशमान सिंहको २३ औँ स्मृति दिवसको अवसरमा वाणगंगा १० पटनामा खेलकुद सामग्री वितरण गरेको छ।
जिल्लाका पिछडिएका ठाउँहरुमा गइ त्यहाँ रहेका खेल प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल तरुण दल र नेविसंघ कपिलवस्तुले खेलकुद सामाग्री वितरण गरिरहेको छ । केही दिन अघि कपिलवस्तुको पिपराको फुटबल क्लबलाई बल हस्तान्तरण गरेको थियो भने आज शुक्रबार पटनाका ८ क्लबलाई फुटबल वितरण गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाल तरण दल कपिलवस्तुका संयोजक शक्तिसिंह ठकुरीले खेलकुद भनेको सबै जत जति, धर्म संस्कृति सबै लाई एकै ठाउँ जोड्ने कुरा भएकाले यसले सम्पूर्ण देशबासी र खेलप्रेमीलाई एकै ठाउँमा जोड्ने बताए ।


त्यसैगरी कार्यक्रममा नेविसंघ क्षेत्र नम्बर १ कपिलवस्तुका सभापति चन्द्रकान्त पोख्रेलले खेलाडीहरुको मनोबल बढाउनको लागि प्रयास गरिरहेको बताउदै यो सानो सहयोग पनि खेलाडीहरुको मनोबल बढाउने माध्यम बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा तरुण दल जिल्ला सदस्य राजन आले, तरुण दल नेतृ लक्ष्मी कुंवर, काँग्रेस नेता मुकेश खनाल, रमेश चाइ, वडा नम्बर १० सदस्य राम नछेत्रको सहभागिता थियो ।

सम्बन्धित् समाचार