गृहपृष्ठ खबर कपिलवस्तुका ४ विपन्न परिवारलाई ठेला वितरण

कपिलवस्तुका ४ विपन्न परिवारलाई ठेला वितरण

कपिलवस्तु : कपिलवस्तुको तौलिहवास्थित एक संस्थाले गरीव तथा बिपन्न परिवारलाई घुम्ती रिक्सा (ठेला) वितरण गरेको छ । आईतबार तौहिलवामा एक कार्यक्रमकाबीच नेपाल डेभलप्वमेन्ट सोसाईटीले ४ विपन्न परिवारलाई ठेला प्रदान गरेको हो ।

अल रहमा कुबेतको आर्थिक सहयोगमा ईस्लामिक संघ नेपाल कपिलवस्तु शाखाको सहजीकरणमा ठेला हस्तान्तरण गरिएको थियो । संघका जिल्ला सचिव माहोम्मद अनवारुल हक तथा सोसाईटीका फिल्ड अफिसर सद्दाम हुसेनले ठेला बाडेका थिए । सचिव हकले परिवारलाई ठेला हस्तान्तरण गर्दै यसले बिपन्न परिवारलाई गुजारा चलाउन मद्दत मिल्ने बिश्वास ब्यक्त गरे । उनले प्राप्त ठेलाको सही सदुपयोग गर्न आग्रह गरेका थिए ।

सोही अवसरमा फिल्ड अफीसर हुसेनले बिपन्न परिवारको पहिचान गरी ठेला उपलब्ध गराइएको बताए । ४० हजार मुल्यको ठेला सहीत नगद २ हजार समेत प्रदान गरिएको थियो । ठेला पाएका चार जनाले नै फलफुल बिक्री गर्ने बताएका छन । अहिले सम्म कपिलस्तुमा सो संस्थाले ६५ बिपन्न परिवारलाई ठेला दिएको जनाएको छ ।

सम्बन्धित् समाचार