गृहपृष्ठ खबर आईपीएलमा टस जितेर पञ्जाब दिल्लीविरुद्ध बलिङ गर्दै

आईपीएलमा टस जितेर पञ्जाब दिल्लीविरुद्ध बलिङ गर्दै

काठमाण्डौ : इण्डियन प्रिमियर लिग (आईपीएल) मा किङ्ग्स एलाभेन पञ्जाब र दिल्ली क्यापिटल्स खेल्दै छन् । टस जितेको पञ्जाबले पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

यी दुवै टिम पहिलो खेलमा जित दर्ता गर्दै प्रतियोगिताको राम्रो सुरुवात गर्न चाहन्छन् र यसका लागि आफ्ना उत्कृष्ट ११ खेलाडीका साथ मैदानमा उत्रिन चाहन्छन् ।

दिल्लीको टिममा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध छन् । यो खेलमा उनी प्लेइङ ११ मा परेनन् ।

दिल्लीको तर्फबाट प्लेइङ ११ :  शिखर धवन, पृथ्वी श, श्रेयस अय्यर, रिषभ पन्त, शिमरन हेटमायर, मार्कस स्टोनिस, अक्षर पटेल, रवीचन्द्रन आश्विन, कागिसो रबाडा, एनरिच नोर्तजे र मोहित शर्मा ।

पञ्जाबको तर्फबाट प्लेइङ ११ : केएल राहुल, मयङ्क अग्रवाल, करुण नायर, सर्फराज खान, ग्लेन म्यासवेल, निकोलस पूरन, के ग्वाथम, क्रिस जोर्डन, शेल्डोन कोट्रेल, रवी बिशोनी र मोहम्मद शामी ।

 

सम्बन्धित् समाचार